१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

पार्टी एकीकरणको चरणमा क्रान्तिकारी माओवादी र नेकपा बहुमत



काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ ।

शुक्रबार (भोलि) घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ बीच लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो ।

दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ८ : १२ बजे