७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कृषि मन्त्री भुसाल विषादी परिक्षणको अवस्था बुझ्न स्थलगत अनुमगनमा



भैरहवा ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले भैरहवास्थित पशु तथा कृषि क्वारेनटाइनको स्थलगत अनुगमन गर्नुभएको छ ।

हालै मन्त्रिपरिषद बैठकले विदेशबाट आयात हुने कृषिजन्यवस्तुको विषादी परिक्षण गर्ने निर्णय गरेको छ । यो संगै कृषि मन्त्री भुसालले यसको अवस्थाबारे भैरहवामा पुगेर विहीबार अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा मन्त्री भुसालले सरकारको निर्णयलाई कडाई पूर्वक लागू गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

भैरहवामा पशु तथा कृषि क्वारेनटाइन रहेका छन् । नेपाल तर्फ आयात हुने खाद्यान्न, फलफूल, तरकारी तथा पशुको यी कार्यालयले चेकजाँज तथा परिक्षण गर्दै आएका छन्।

विषादी परिक्षणका लागि आवश्यक उपकरणको कमी भएको भए त्यसलाई सरकारले तत्काल प्रबन्ध मिलाउने मन्त्री भुसालले विश्वास दिलाउनुभएको छ ।

सरकारले गरेको निर्णयलाई कडाईपूर्वकपालना गर्न, गराउन उहाँले मातहतका निकायलाई निर्देशन दिनुभएको मन्त्रीका प्रमुख स्वकीय सचिव शुसील भट्टराईले जानकारी दिनुभयो ।

मन्त्री भुसाल समक्ष क्वारेन्टाइनका कर्मचारीले विषादी चेकजाँजको अवस्थाबारे व्रिफिङ गरेका थिए ।

यसैबीच मन्त्री भुसालले भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेडको रासायनिक मलखाद गोदामको समेत स्थलगत अनुगमन गर्नुभएको थियो । यो बर्ष किसानलाई मलखादमा कुनै अभाव हुन नदिने गरी काम थाल्नुभएका मन्त्री भुसालले भैरहवास्थित मलखाद गोदामको अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा मन्त्री भुसालले मलको स्थितिबारे जानकारी लिदैं तत्काल आवश्यक पर्ने मलको डाटा मन्त्रालयमा पठाउन निर्देशन दिनुभएको मन्त्रीका प्रमुख स्वकीय सचिव भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७९ बिहिबार ००:००  ३ : ०३ बजे