१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आईपीएल क्रिकेटमा चेन्नईले बेङ्लोरलाई ८ रनले हरायो



एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्लोरलाई ८ रनले हराएको छ ।

जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । बेङ्लोरका ग्लेन म्याक्सवेलले ७६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । कप्तान फाफ डु प्लेसिस ६२ रनमा आउट भए ।

विराट कोहली ६ रनमा बोल्ड भए । चेन्नईका तुसार देशपान्डेले तीन विकेट लिए । मथिसा पाथिरानाले दुई, आकाश सिंह, मोइन अली र महेष थिक्सेनाले समान एकरएक विकेट लिए । त्यसअघि बेङ्लोरको घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।

चेन्नईका डेभन कन्वेले सर्वाधिक ८३ रन जोडे । शिवम् दुबे ५२ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमा अविजित रहे । बेङ्लोरका विजयकुमार वैश्यक, मोहम्मद शिराज, वेन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान एकरएक विकेट लिए ।

जितसँगै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । बेङ्लोर सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८० मंगलबार ००:००  ७ : २६ बजे