१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दिल्लीमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै



एजेन्सी ।
भारतका विभिन्न राज्यमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । राजधानी दिल्ली समेत कोरोनाको चपेटामा परेको छ ।

कोरोनाबाट सोमवार ४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आइतवार कोरोनाबाट ३ जनाको मृत्यु भएको थियो ।

दिल्लीमा सोमवार कोरोनाका १ हजार १७ संक्रमित फेला परेका छन् । आइतवार १ हजार ६३४ र शनिवार १ हजार ३९६ संक्रमित फेला परेका थिए । सोमवार दिल्लीमा सक्रिय संक्रमितको संख्या ४ हजार ९७६ रहेको छ ।

दिल्लीमा कोरोना संक्रमणदर ३२।२५ पुगेको छ, जुन १५ महिनायताकै सर्वाधिक हो ।

सोमवार महाराष्ट्रमा कोरोनाका ५०५ संक्रमित फेला परेका छन् । महाराष्ट्रमा सक्रिय संक्रमित ६ हजार ८७ पुगेका छन् ।

हरियाणामा सोमवार ८९८ संक्रमित फेला परेका छन् भने १ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा संक्रमित बढ्दै गएपछि सरकारले मास्क लगाउनु अनिवार्य गरेको छ । पञ्जाबमा पनि कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८० मंगलबार ००:००  ७ : ३५ बजे