१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

जबरजस्ती धर्म परिवर्तन गराउने गिरोह सक्रिय, कपिलवस्तुबाट समातिए दुई महिला



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा जबरजस्ती धर्म परिवर्तन गराउने गिरोह सक्रिय हुन थालेको छ ।

जिल्लाका सुकुम्बासी र ग्रामीणबस्तिहरुमा जबरजस्ती धर्म परिवर्तन गराउने गिरोह सक्रिय हुन थालेको हो ।

यही शिलशिलामा कपिलवस्तुबाट जबरजस्ती धर्म परिवर्तन गराई रहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका–८ दोहनी चोकमा जबरजस्ती रुपमा हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लाग्न प्रेरित गरिरहेको अवस्थामा स्थानीयबासीले उक्त कार्यमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

प्रहरीका अनुसार रुपन्देहीको बुटवल उप-महानगरपालिका-४ देवीनगरकी ४१ कि अकाली काहार र वर्ष १७ कि रेश्मी कहार धर्म परिवर्तन गराई राखेको अवस्थामा पक्राउ परेका हुन् ।

वडाध्यक्ष शिव कुमार पाण्डेयले दोहनी चोकमा हिन्दु समुदायलाई विभिन्न प्रलोभन देखाइ धर्म परिवर्तन गराएपछि आक्रोशित स्थानीयले ती महिलालाई नियन्त्रणमा लिएका थिए ।

ती महिलाले क्रिश्चियन धर्मको प्रचार प्रसार गरी धर्मप्रति आस्थावान गराई धर्म परिवर्तन गर्न प्रलोभन देखाउदै गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए।

घटनाको अनुसन्धान भइरहेको र उनीहरुमाथि मुद्धा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८० मंगलबार ००:००  ८ : १९ बजे