७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सिटिजन्स बैंक कोपवाद्वारा विद्यालयलाई सामग्री वितरण



सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड शाखा कार्यालय कोपवाद्धारा आफ्नो १६ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइका सामग्रीहरु वितरण गरेको छ । आज एक कार्यक्रमका बिच बैंकले वाणगंगा नगरपालिका वडा नं. ५ कोपवा अवस्थित महेन्द्र माध्यमिक विद्यालयलाई सरसफाइका विभिन्न सामग्री तथा डष्टविन वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख अनन्त भट्टराईले बैंकले हरेक वर्ष आफ्नो वार्षिक उत्सवका अवसरमा यस्तै सामाजिक रचनात्मक तथा सहयोगका कार्यक्रमहरु गर्दै आएकोमा यस वर्ष आफ्नो पकेट क्षेत्रको विद्यालयलाई सरसफाइका सामग्रीहरु वितरण गरिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी पुष्कर चुदालीले गर्नुभएको थियो भने कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक तनुश्री पुरी भण्डारीले बैंकले विद्यालयलाई गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : ७ बैशाख २०८० बिहिबार ००:००  ९ : ०६ बजे