११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

प्रेस चौतारी कपिलवस्तुले कपिलधाममा साधारण सभा गर्दै



कपिलवस्तु
प्रेस चौतारी जिल्ला कार्य समिति कपिलवस्तु नेपालको पहिलो साधारण सभा आउँदो वैशाख १९ गते हुने भएको छ । आज गोरुसिंगेमा बसेको जिल्ला कार्य समितिको बैठकले वाणगंगा ९ कपिलधाममा साधारण सभा गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुको प्रमुख चिनारीका रुपमा रहेको कपिल ऋषिको तपोभूमिलाई प्रचारप्रसार गर्ने उद्देश्यका साथ कपिलधाममा साधारण सभा गर्न लागिएको हो । साधारण सभालाई भव्य र सभ्य बनाउन विभिन्‍न समिति, उपसमितिहरु समेत गठन गरिएको बताइएको छ ।
त्यसै गरी बैठकले यहिँ वैशाख २१ गते बुटवल मणिग्राममा हुने फुटसल प्रतियोगितामा पुरुष तथा महिला खेलाडी टिमहरु पठाउने निर्णय गरेको छ ।
उक्त बैठक नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग संयोजक लक्ष्मण बेल्बासेको विशिष्ट आतिथ्यता, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पार्वती पाण्डेको प्रमुख आतिथ्यता, जिल्ला कार्य समितिका अध्यक्ष जानु पाण्डेको अध्यक्षता र सन्जिब गहतराजको सञ्‍चालनमा सम्पन्‍न भएको प्रेस चौतारी जिल्ला कार्य समिति उपाध्यक्ष बाबुराम रायमाझीले मायादेवी अनलाइनलाई जानकारी गराउनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०८० शुक्रबार ००:००  ७ : १५ बजे