१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दुग्ध विकास संस्थानलाई गाउँ गाउँबाट दूध सङ्कलन गर्न मन्त्री भुसालको निर्देशन



काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसालले किसानको घरघर पुगेर दूध सङ्कलन गर्न दुग्ध विकास संस्थान ( डीडीसी) लाई निर्देशन दिनुभएको छ ।

दूधको अभाव देखाउँदै डेरी उद्योगीले भारतबाट दूध आयातका लागि अनुमति माग्ने गरेको तर गाउँघरमा किसानको दूध बिक्री नभएको सन्दर्भमा मन्त्री भुसालले त्यस्तो निर्देशन दिनुभएको हो ।

डेरी उद्योगीले सुगमबाट मात्र दूध सङ्कलन गर्ने गरेकोमा किसानले आपत्ति जनाएपछि कृषि मन्त्री भुसालले डीडीसीलाई दुर्गम गाउँघरमा गएर सङ्कलन गर्न निर्देशन दिनुभएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८० शनिबार ००:००  ७ : ४७ बजे