१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तनहुँमा वाग्लेसँग मतान्तर घटाउँदै भट्टराई



तनहुँ ।
प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

अहिलेसम्म १८ वडाको २३ हजार छ सय ८२ मतगणना गर्दा वाग्लेले ११ हजार आठ सय ४५ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सात हजार ५९ मत पाउनुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले चार हजार ३३ मत पाउनुभएको छ ।

अहिले वाग्ले भट्टराईभन्दा चार हजार सात सय ८६ मतले अगाडि हुनुहुन्छ । भट्टराईले वाग्लेसँगको मतान्तर घटाउँदै लानुभएको छ । अहिले देवघाट गाउँपालिकाको मतगणना हुँदै गर्दा भट्टराईले वाग्लेसँगको अन्तर घटाउँदै लानुभएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८० सोमबार ००:००  १ : २४ बजे