१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

सर्पले डसेर दाङमा एक युवकको ज्यान गयो



दाङ ।
सर्पले डसेर दाङमा एक युवकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं–१६ का २६ वर्षीय रोसन डाँगीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो ।

सर्पले डसेका डाँगीलाई परिवारले सुरुमा झारफुक गर्न विभिन्न ठाउँमा लगेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । झारफुकमा लगेपछि बिहान ३ बजेतिर बेहोस भएका उहाँलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

उहाँलाई ग्रास प्रजातिको सर्पले दाहिने खुट्टामा डसेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८० मंगलबार ००:००  ११ : ०३ बजे