८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रेस चौतारी नेपाल बाणगंगाको प्रथम भेला, अध्यक्षमा आचार्य सर्वसम्मत चयन



कपिलवस्तु

प्रेस चौतारी नेपाल बाणगंगा नगरपालिकाको भेलाले अध्यक्षमा हरि आचार्यलाई सर्वसम्मत चयन गरेकाे छ । शनिवार सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्‍न भएको प्रथम नगर भेलाबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको छ ।

बाणगंगा नगरपालिकाभित्र छरिएर रहेका सञ्‍चारकर्मीहरुलाई गोलबन्द गरी एकताकाे सुत्रमा उनेर अंगाडि बढ्ने उद्देश्यले पहिलो पटक नगर कमिटी बिस्तार गरिएको बताइएको छ ।

जसको उपाध्यक्षमा दिपिका सुनार, सचिवमा सिता बेल्वासे, कोषाध्यक्षमा पवनराज पाण्डे, सदस्यहरुमा अस्मिता भुसाल, निलम परियार, निलम खनाल, गिता थापा चयन हुनुभएको छ ।

बाँकी एक जनालाई पछि नियुक्त गर्ने नगर कमिटीले जनाएको छ ।

प्रेस चौतारी नेपाल बाणगंगाको नगर संस्थापक अध्यक्षमा चयन हुनुभएका आचार्यले संगठन एउटा भएपनी आफू नेतृत्वको कार्यसमितिले सबै श्रमजीवी पत्रकारको पक्षमा बुलन्द आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८० शनिबार ००:००  ७ : ३७ बजे