६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

निमावि शिक्षकको सामान्य परीक्षामा करिब २१ प्रतिशत उत्तीर्ण



काठमाडौं ।
शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

आयोगले गत वैशाख ९ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको ९सामान्य० तर्फको नतिजामा २०।७४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले सामान्य परीक्षा उत्तीर्ण गरेका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशमा सहभागी भएका १५ हजार ५९७ मध्ये ३ हजार ८५ जना उत्तीर्ण भएका छन् । मधेश प्रदेशमा सहभागी ६ हजार २१० जना मध्ये एक हजार एक सय, बागमती प्रदेशमा ११ हजार ६०६ सहभागी मध्ये दुई हजार ८०३, गण्डकी प्रदेशमा ११ हजार ७२८ जना मध्ये दुई हजार ८५५ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ६ हजार ६७२ सहभागी मध्ये एक हजार १८१ जना, कर्णाली प्रदेशमा सहभागी ६ हजार ५९८ मध्ये एक हजार २३१ जना र सुदूरपश्चिम प्रदेशमा सहभागी ८ हजार ७६९ मध्ये एक हजार ६८४ जना उत्तीर्ण भएका छन् ।

आयोगले २०७९ माघ १० गते १ हजार १६७ रिक्त दरबन्दीका लागि शिक्षक पदमा विज्ञापन खुला गरेको थियो । आयोगले विषयगत परीक्षा भदौ ९ गते सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८० मंगलबार ००:००  १० : ५१ बजे