७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सम्पदा संरक्षण नभएसम्म अन्य विकास सम्भव हुँदैनः मन्त्री भुसाल



तौलिहवा ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले प्राचीन कपिलवस्तुको तिलौराकोटलगायत अन्य पुरातात्विक सम्पदाको संरक्षण नगरेसम्म विकास सम्भव नरहेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको २५६७ औं बुद्ध जयन्ती एवम् प्रसूति उत्सवमा उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री भुसालले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यस्तो कार्यक्रम आफूले जीवनमै पहिलो पटक अनुभव गरेको बताउनुभयो। लुम्बिनी जस्तै तिलौराकोटको विकास गर्नु पर्ने उहाँको भनाइ छ।

बिगतमा लुम्बिनीलाई केन्द्रमा राखेर काम गर्ने तिलौराकोट, रामग्रामलगायतका क्षेत्रमा विकास भएको भन्दै बृहत्तर लुम्बिनी विकास अन्र्तगत अन्य क्षेत्रको पनि विकास गरिने उहाँले बताउनुभयो।

कार्यक्रमले ओझेलमा परेको प्राचिन कपिलवस्तुको ध्यानआकर्षण गर्न मद्दत मिलेको लुम्बिनी विकास परिषद सदस्य गोपीकृष्ण शर्माले बताउनुभयो।

लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले लुम्बिनीमा बुद्ध जयन्ती तामझामकासाथ मनाइरहदा तिलौराकोटमा सामान्य कार्यक्रम गरिएको बताउनुभयो।

प्रकाशित मिति : २४ बैशाख २०८० आइतबार ००:००  ७ : ४१ बजे