१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

समाजवादी प्रेस संगठन कपिलवस्तुको अध्यक्षमा अनुरागी



कपिलवस्तु ।
समाजवादी प्रेस संगठन नेपाल कपिलवस्तुको अध्यक्षमा दिपक अनुरागी चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपाल कपिलवस्तु शाखाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा अनुरागी चयन भएका हुन् ।

अधिवेशनले अनुरागीको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मनोज थापा, सचिवमा दीपा महत, सह सचिवमा नन्दकिशोर यादव र कोषाध्यक्षमा रिता खनाल रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय बरिस्ठ उपाध्यक्ष बिश्वमणी सुवेदीले समाजवादी प्रेस संगठन नेपाल सुशासनको पक्षमा, न्यायको पक्षमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढता पूर्वक लाग्ने बताए । उनले समाजवादी प्रेस संगठन आवाज बिहिनको आवाज बन्ने बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादीे) का केन्द्रीय सदस्य मीना परियार, समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश अध्यक्ष हृदय कुमार भुसाल, एकीकृत समाजवादी कपिलवस्तुका अध्यक्ष लंक बहादुर हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशले प्रदेशका विभिन्न जिल्लामा प्रेस संगठन विस्तार गरिरहेको छ । लुम्बिनीको अर्घाखाँची, दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भइ सकेको छ । आगामी जेष्ठ २७ र २८ गते समाजवादी प्रेस संगठनले आफ्नो राष्ट्रिय महाधिवेशन गर्दै छ ।

प्रकाशित मिति : ३० बैशाख २०८० शनिबार ००:००  २ : ०३ बजे