८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमाले छोडेका घण्टी रोजेका सुशील खत्री, राजनैतिक भविष्य कति ?



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमाले परित्याग गरेर केही समय राजनीतिमा स्थिर रहेका शुशिल खत्री अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

उनी गत हप्ता एक कार्यक्रमका बीच रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टीका जिल्ला अध्यक्ष शिव सुवेदी, लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल लगायतले टिका लगाएर स्वागत गरेका थिए ।

सिद्धार्थ क्याम्पस बुङ्चीका निवर्तमान स्ववियु सभापतिसमेत रहेका खत्रीले पार्टी प्रवेशको क्रममा बोल्दै पुराना पार्टीको अस्तित्व सकिएको बताए । कपिलवस्तुमा एमाले, काँग्रेस र माओवादी नातावाद र कृपावादमा जेलिएकाले आफू त्यहाँ बस्न नसकेको उनको आरोप छ ।

एमाले र काँग्रेस पार्टीमा ठूला नेताको चाकडी नगरेसम्म क्षमतावान् युवाले कहिल्यै स्थान नपाउने उनको दावी थियो । अब कपिलवस्तुमा रास्वपालाई पहिलो शक्ति बनाउन आफूहरु डटेर लाग्ने उनको उद्घोष थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८० सोमबार ००:००  ७ : ५१ बजे