२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कमजोर बन्दै ‘मोखा’ चक्रवात, नेपालमा यसको प्रभाव कति ?



काठमाडौं ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो।

सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

उनले बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको पनि बताए। नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने उनको दाबी छ।

‘कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ,’ उनले भने।

दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने लामिछानेको भनाइ छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि उनले बताए।

प्रकाशित मिति : १ जेष्ठ २०८० सोमबार ००:००  ७ : ५६ बजे