१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

किसानलाई निशुल्क विद्युत दिऔंः कृषि मन्त्री भुसाल



काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले कृषि, पशुपन्छी तथा मत्यपालन र कृषिमा आधारित उद्योगलाई निशुल्क रुपमा विद्युत उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

सरकारले कृषि क्षेत्रमा दिएको अनुदान रकम दुरुपयोग हुने गरेको प्रशङ्ग निकाल्दै मन्त्री भुसालले मन्त्रालयले दिदैं आएको अनुदानको रकमबारे आवश्यक छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयमा आयोजित त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले किसानलाई निशुल्क विद्युत उपलब्ध गराउन आफ्नोस्तरबाट पहल थालेको जानकारी दिनुभयो ।

‘हामीले कृषि क्षेत्रमा विभिन्न प्रकारका अनुदान दिदैं आएका छौं । यसको प्रभावकारीता खासै देखिदैंन् । बास्तविक किसानले अनुदान नपाएको गुनासो आइरहेको छ । अब कृषि तथा पशुपन्छी, मत्यपालन, कृषिमा आधारित उद्योगमा प्रयोग भएको विद्युत महशुल निशुल्क दिनुपर्छ, मन्त्री भुसालले भन्नुभयो’, ‘यो विषयमा छलफल गरिरहेका छौं ।’

मन्त्री भुसालले नेपालमा उत्पादित कतिपय कृषिजन्यबस्तुको निर्यात प्रक्रियालाई सहजिकरण गर्नुपर्ने पनि बताउनुभयो । पूर्वी नेपालमा उत्पादित स्कुस तरकारी निर्यात गर्न नपाएको गुनासो आएकाले त्यसलाई सहजिकरणका लागि आवश्यक पहल थाल्ने बताउनुभयो ।

उक्त अवसरमा चालु आवमा कम प्रगति देखिएका विभाग, आयोजनाहरुलाई तत्काल काम थाल्न निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८० सोमबार ००:००  १ : ४३ बजे