१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बुटवलमा मोटरसाइकल दुर्घटनामा ४४ वर्षीय पुरूषको मृत्यु



बुटवल ।
बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्युठान घर भई बुटवल उपमहानगरपालिका-१३ जितगढी बस्ने ४४ वर्षीय श्रीधर पोखरेल रहेका छन्।

बुधबार राती लु ६३ प ८१८५ नं. को मोटरसाइकलमा बुटवलको नयाँगाउँबाट बेलबास आउँदै गरेका पोखरेल बेलबास पाखापानीमा दुर्घटनामा परेका थिए।

गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको थियो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पश्चिमबाट आएको मोटरसाइकल सडकको विपरित भागमा पल्टिएको भेटिएकोले अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ।

घटनाबारे सडक छेउछाउमा राखिएका सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८० बिहिबार ००:००  ११ : ३३ बजे