१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्घाखाँचीमा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्युः एक घाईते



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा बिजुलीको पोलबाट खसेर १ जनाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क ८ किमडाँडामा बिजुलीको पोलमा तार जोडिरहेको बेला किमडाँडाबाट कपिलवस्तु आउदै गरेको लु १ ख ९५२० नम्बरको ट्रकको छतले तार तानेपछी पोलको टुप्पोबाट खस्दा सन्धिखर्क ८ किमडाँडाका ४२ बर्षिय कृष्ण बहादुर रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अर्का सोही ठाउँका ४५ बर्षिय शिव बहादुर राना शक्त घाईते भएका छन् । घाईते रानालाई उपचारका लागि सन्धिखर्क जिल्ला अस्पताल ल्याईएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८० शुक्रबार ००:००  ४ : ५६ बजे