५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

कपिलवस्तु जेसीजको आयोजनामा निःशुल्क दन्त तथा आँखा जाँच शिविर सम्पन्‍न



कपिलबस्तु जेसीजको आयोजनामा निशुल्क दन्त स्वास्थ्य तथा आँखा जाँच शिविर सम्पन्न भएको छ। मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्वको भूमिकामा रही स्वास्थ्य शिविरको आयोजना गरिएको कपिलवस्तु जेसीज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी गराउनु भएको थियो।

बाणगंगा नगरपालिका वार्ड नं १ का वडा अध्यक्ष सञ्जु सारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा वाणगंगा नगरपालिकाको वार्ड नं १ भित्र रहेका ३२७ जना बिमारीले सेवा लिएको उपाध्यक्ष रितु खरेलले जानकारी गराउनु भयो। प्रमुख अतिथि शारुले जेसीजका सामाजिक उत्तरदायित्वपूर्ण यस्तै कार्यक्रमहरुमा वडाको सदैव सहयोग रहने बताउनु भयो।


युनिक डेन्टल क्लिनिक तथा ओम लुम्बिनी भिजन आइ केयर एण्ड अप्टिकल सेन्टर कपिलवस्तुको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका बिशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए। कार्यक्रममा कपिलवस्तु जेसीजका पदाधिकारीहरु झबिन्द्र खनाल , मिन थापा , महेशकृष्ण आचार्य , इश्वरराज न्यौपाने , जनक बेल्बासे, तथा पूर्वाध्यक्षहरु गोपालमणि ज्ञवाली , उमानाथ पौडेल , पोस्टराज गौतम , सुन्दर पाण्डे , भिमकान्त भट्टराई लगायतको उपस्थिति रहेको थियो।

महासचिव मदन पौडेलले सञ्‍चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष चन्द्रकान्त पोख्रेलले गरेका थिए।

प्रकाशित मिति : ८ जेष्ठ २०८० सोमबार ००:००  ४ : १५ बजे