१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणा



काठमाडौँ ।
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।

गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८० सोमबार ००:००  ८ : १५ बजे