१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगामा नबिल बैँकको शाखा बिस्तार, बिहीबार औपचारिक उद्धघाटन हुँदै



अनिश बन्जाडे, जितपुर ।

कपिलवस्तुको बाणगंगामा नबिल बैँक लिमिटेडको शाखा बिस्तार हुने भएको छ । नेपाल राष्ट्र बैँकबाट ‘क’ बर्गको ईजाजत प्राप्त गरेको उक्त बैँकले बाणगंगावासीको आवश्यकता र मागलाई मध्यनजर गर्दै शाखा बिस्तार गरिएको नबिल बैँक लिमिटेड बाणगंगा शाखाका शाखा प्रमुख नारायण क्षेत्रीले बताउनुभयो ।

देशभर करिब २ सय ५५ वटा शाखा बिस्तार गरेको उक्त बैँकको कपिलवस्तुमा मात्रै बाणगंगा सहित ३ वटा शाखा रहेको छ । गत पौष २९ गतेबाट बाणगंगाको वडा नम्बर १ बैरियाबाट अनौपचारिक रुपमा सेवा सुरु गरेको उक्त बैँकको औपचारिक समुद्धघाटन भने जेष्ठ १८ गते बिहीबार अर्थात भोली गर्ने गरि तयारी गरिएको शााखा प्रमुख क्षेत्रीले बताउनुभयो ।

बिहीबार बिहान ९ः३० बजेबाट सुरु हुने समुद्धघाटन समारोहमा उपस्थितीका लागि सम्पूर्णलाई शाखा प्रमुख क्षेत्रीले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८० बुधबार ००:००  ७ : ४९ बजे