७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

विजयनगरले बाड्यो २८० जना छात्रालाई साइकल



कपिलवस्तु ।
कपिलवस्तुको सुदुरपश्चिममा पर्ने बिजयनगर गाउँपालिकाले छात्राहरुलाई प्रोत्साहित गर्न छोरी पढाउ, छोरी बचाउँ’ अभियान संचालन गरेको छ। बालिकाहरुको बिद्यालयमा पहुँच बढाउन सो अभियान संचालन गरिएको हो ।

अभियान अन्तरगत गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत २ सय ८० छात्रालाई साइकल र कक्षा ६ मा अध्ययनरत ४ सय ३२ छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री बाडेको हो । अभियान कै बीच मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरेको हो।

गाउँपालिकाले शिक्षामा छात्राहरुलाई आकर्षित गर्नका लागि ‘छोरी पढाउ, छोरी बचाउँ’ अभियान सञ्चालन गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । आधारभुत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोक्ने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्धेश्यले ‘छोरी पढाउ, छोरी बचाउँ’ अभियान चलाएको उनले बताए ।

प्रदेश सरकार र विजयनगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताए । कक्षा ६ का विद्यार्थीलाई झोला, एक÷एक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो ।अध्यक्ष थापाले छात्राहरुलाई शिक्षामा पहुँच पु¥याउनका लागि प्रोत्साहन स्वरुप ४ वर्षदेखि निरन्तर साइकल र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । उनले यो अभियानले विद्यालयमा भर्ना दर बढेको बताए।

‘अभियानले विद्यार्थीहरुमा पढ्ने उत्साह बढेको छ, अभिभावकहरुमा शिक्षाप्रति चेतना बृद्धि भएको छ’ उनले भने । अभिभावकले छोरीलाई पढाउनु पर्छ भन्ने सोँचमा परिवर्तन आएको उनले बताए। साइकल र शैक्षिक सामग्री वितरणले विद्यार्थीको थुप्रै कुरासँग जोडिएकोले पढाइमा सहजता हुने उनले बताए। गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छात्राहरुलाई बिद्यालय सम्मको पहुँच बढाउन यो अभियान आफैमा महत्वपूर्ण रहेको बताए।

छोरीहरुले पनि उच्च शिक्षा र रोजगारीको अवसरसमेत हासिल गर्न सक्ने वातावरण सिर्जना गर्न यस साइकल र शैक्षिक सामग्री वितरण कार्यक्रम अभियान अहम भूमिका निर्वाह गर्ने उपाध्यक्ष चौधरीले बताइन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा विद्यालय पठाउनुपर्नेमा जोड दिए। गाउँपालिकाले धेरे सुवासुविधा प्रदान गरेको बताउँदै शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने उनी बताउँछन्।

पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिाभवकले लगायत सबैले जोड दिनुपर्ने रिजालले आग्रह गरे। साईकल र शैक्षिक सामग्री पाएर छात्राहरु निकै हर्षित भएका छन्। उनीहरुले साईकल र शैक्षिक सामग्रीले आफूहरुलाई पढन सजिलो हुने बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  ६ : ४९ बजे