८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गृह जिल्लामा मन्त्री आचार्यले लगाए ३० किलोको माला



मायादेवी अनलाइन, बाणगंगा ।
केही दिनदेखि गृह जिल्ला कपिलवस्तुको भ्रमणमा रहेका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यलाई ३० किलोको मालाले स्वागत गरिएको छ ।

जिल्लाको महाराजगन्ज नगरपालिकामा मन्त्री आचार्यलाई ३० किलोको माला लगाइदिएर स्वागत गरिएको हो ।

कपिलवस्तु क्षेत्र नं. २ बाट निर्वाचित भएका आचार्य जिल्लास्थित विभिन्न स्थानको भ्रमणमा छन् ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री समेत रहेका उनलाई जिल्लास्थित विभिन्न संघसंस्थाले स्वागत तथा सम्मान गरिरहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८० शुक्रबार ००:००  ७ : २५ बजे