१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बुद्धको महावन क्षेत्रको महत्व उजागर गर्नु आवश्यक : पूर्व मन्त्री पन्थी



वाणगंगा, मायादेवी अनलाइन ।
कपिलवस्तु र अर्घाखाँचीको सिमानामा पर्ने सुर्य ओडारमा एक समारोहका बिच महासमय सुत्र देसना दिवस मनाईएको छ । देसना गरेको स्थल वाणगंगा ८ र शितगंंंगा १४ को सिमाना सुर्य ओडार माथी प्राथना गरी मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले अन्तराष्ट्रिय महत्व बोकेको बुद्धको महावन क्षेत्रको वारेमा व्यापक प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य पन्थीले महावन क्षेत्रको महत्वलाई उजागर गरी विभिन्न भाषामा प्रचार प्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा शितगंगा नगरपालिकाकी उपमेयर गीता भाट क्षेत्री, वडाध्यक्ष दामोदर न्यौपाने, बाणगंगा ८ का वडाध्यक्ष बाबुराम अर्याल, लुम्बिनी बौद्ध विश्व विद्यालयका प्राध्यापक डा.दिपक आचार्य, पूर्व प्राध्यापक चर्तुभुज पाण्डे, कपिलवस्तु महावन बौद्ध विहारका भन्ते सुमंगलो, भिक्षुहरु, वौद्ध शिक्षाका अध्येता पोमनारायण पौडेल, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष योगेन्द्र रेश्मी, समाजसेवी चुरामणि कार्की लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष दामोदर न्यौपानेले वौद्धसंग सम्वन्धित यस क्षेत्रको सुर्य ओडारको संरक्षण गर्दै यसको प्रचार प्रसारमा वडाबाट सहयोग गर्ने बताउनुभयो ।
सोहि अवसरमा पावर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । कक्षा १ देखि ५ सम्म अध्ययनरत १ सय २६ जना विद्यार्थीहरुलाई शैक्षिक सुधारका लागि झोला वितरण गरिएको सुर्य ओडार संरक्षण समितिका अध्यक्ष टिका रेश्मीले बताउनुभयो । सो विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थाईल्याण्डका भिक्षुहरुको सहयोग मार्फत झोला प्रदान गरिएको हो ।
मूल जेष्ठ पूर्णिमाको माश अथवा महिना अतुलनीय भगवान बुद्धले सोहि स्थानमा महासमय सुत्त देशना धर्मोपदेश गर्नुभएको बौद्ध शिक्षाका अध्यता पोमनारायण पौडेलले बताउनुभयो ।
महासमय सुत्र देशना :
बुद्ध वंशावलीहरुले जेष्ठ पूर्णिमाको दिन महासमय दिवस (पर्व) लाई चिह्न प्रतीकत्व द्वारा उत्सव मनाउँने गर्दछन् । भगवान बुद्धद्धारा जेष्ठ पूर्णिमाका दिन कपिलवस्तुको महायन जंगलमा १० हजार चक्रवालबाट एकत्रित भएका देवब्रम्हहरुलाई देशना गर्नुभएको ‘महासमयसुत्र’ देवताहरुलाई अत्यन्तै प्रिय सुत्र मानिन्छ । भगवान बुद्धले आफनो १५ औं वर्षावास कपिलवस्तुमा विताउने समय तिर जेष्ठ पूर्णिमाका दिन कपिलवस्तुको महावनमा महासमय सुत्र देशना गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८० आइतबार ००:००  ६ : ४६ बजे