८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाँकेमा एक उद्योगद्धारा झन्डै १० लाख रुपैयाँ बराबरको प्लाइउड भारत निर्यात



बाँके ।
बाँकेका प्लाइउड उद्योगबाट उत्पादित प्लाइउड भारत निर्यात हुने क्रम बढ्न थालेको छ । शिखर प्लाइउड हुँदै पछिल्लो समय जानकी गाउँपालिकाको इन्द्रपुरमा रहेको मिडलाज ग्रुपले समेत प्लाइउड भारत निर्यात गर्न थालेको छ । मिडलाजसहित बाँकेका तीन वटा उद्योगले प्लाइउड भारत निर्यात गरिरहेका छन् ।

मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले पहिलो पटक झन्डै १० लाख रुपैयाँ बराबरको प्लाइउड भारतको प्रयागराज पठाइएको जानकारी दिनुभयो । पहिलो पटक सामान भारत पुगेयता प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहराइच, नानपारालगायतका सहरहरूबाट व्यवसायीहरू आफैँ नेपाली प्लाइउड खरिदका लागि पुग्ने गरेका छन् ।

भारतीय व्यापारीहरूको रोजाइमा उत्तिस जातको रुखबाट तयार पारिएको प्लाइउड, ढोका पर्न थालेको मियाको भनाइ छ । झन्डै ५० जना कर्मचारी कार्यरत रहेका मिडलाजले वार्षिक २० करोड रुपैयाँभन्दा धेरैको प्लाइउड उत्पादन गर्दै आएको छ । उद्योगको मासिक उत्पादन सात हजार पाँच सय थान प्लाइउड रहेको छ । भारतीयहरू नेपाली उत्पादन खोजी–खोजी आउनुमा उत्पादनको गुणस्तरता पनि रहेको मिया बताउनुहुन्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८० मंगलबार ००:००  १२ : ३३ बजे