२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कपिलवस्तुका भण्डारी बने एमाले केन्द्रीय शिक्षा तथा मानव श्रोत विभागको सदस्य



काठमाडौँ ।
कपिलवस्तुका शैक्षिक ब्यक्तित्व विष्णु भण्डारी नेकपा एमाले केन्द्रीय शिक्षा तथा मानव श्रोत विभागको सदस्यमा मनोनयन भएका छन् ।

पार्टीको राष्ट्रिय शिक्षक संगठनको अध्यक्षसमेत भइसकेका भण्डारीलाई पार्टीले केन्द्रीय शिक्षा विभागको सदस्य बनाएको हो ।

भण्डारी वाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित जनज्योती मावि मोतिपुरका प्रधानाध्यापक तथा कवि हुन् । उनले पार्टीले दिएको जिम्मेवारी दत्तचित्त भएर पुरा गर्ने बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८० बिहिबार ००:००  ८ : ४१ बजे