२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

अत्यधिक गर्मीका कारण बाणगंगा नगरपालिकाका विद्यालय असार २ सम्म पुनः बन्द



सूर्य चुदाली, बाणगंगा ।

कपिलवस्तु बाणगंगा नगरपालिका अन्तरगतका विद्यालयहरु अत्यधिक गर्मीका कारण पुन असार २ गतेसम्म बन्द हुने भएका छन् ।

तराईमा दिनहुँ बढ्दै गएको गर्मीबाट जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको र मौसममा कुनै सुधार नआएकोले बालबालिकाहरु यसको प्रत्यक्ष मारमा पर्ने भन्दै यस क्षेत्रका अगुवा, शिक्षाविद् र अभिभावकको सुझाव अनुसार वर्षे विदाबाट कट्टा हुने गरी विद्यालय पुन ५ दिनका लागि विदा गरिएको बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले मायादेवी अनलाइनलाई बताउनु भयो ।

पछिल्लो समय नेपालको तराई क्षेत्रमा अत्याधिक गर्मी बढेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८० आइतबार ००:००  १२ : २४ बजे