४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण



काठमाडौं ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन् ।

बुधवार बिहान मियामी अदालत पुगेर उनले आत्मसमर्पण गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आत्मसमर्पण लगत्तै उनलाई गिरफ्तार गरिएको थियो । अदालतमा करीब ४५ मिनेट चलेको बहसपछि उनलाई सशर्त रिहाइ गरिएको छ ।

गोप्य दस्तावेज सम्बन्धी मुद्दामा ट्रम्पले आफू निर्दोष भएको दाबी गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप राजनीति प्रेरित भएको बताएका छन् ।

ट्रम्पले अब सहयोगी वल्ट नोटासँग कुराकानी गर्न पाउने छैनन् । उनी निजी विमानबाट अदालत आएका थिए ।

गत वर्ष फ्लोरिडास्थित ट्रम्पको रिपोर्टमा एफबीआईले छापा मारेको थियो । जसमा ११ हजारभन्दा बढी दस्तावेज बरामद गरिएको थियो । जसमध्ये अमेरिकी प्रशासनको नियन्त्रणमा हुनुपर्ने दस्तावेज ट्रम्पको रिसोर्टमा भेटिएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८० बुधबार ००:००  ७ : २४ बजे