२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

राष्ट्रिय समस्याको समाधान गर्ने पार्टी एमाले होः पोलिटब्यूरो सदस्य भट्टराई



कपिलवस्तु ।
नेकपा(एमाले) का पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले राजनीतिमा वेला वखत उतार चढाव आउने तर्क गर्दै नेपाली राष्ट्रिय समस्याको समाधानका निम्ति एमालेको विकल्प नभएको दावी गर्नु भयो । युवा नेता भट्टराईले नेपालको अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान, नेपाली जनताको विकास प्रति चाहना पुरा गर्न नेपाली राजनीतिलाई ठिक ढंगले एमालेको नेतृत्वमा राष्ट्रलाई निकास दिने दावी गर्नु भयो । नेता भट्टराईले सामुहिक नेतृत्व प्रणालीलाई विकास गर्दै पार्टी प्रति सबैको अपनत्व कायम हुनुपर्नेमा जोड दिनु भयो ।
जनचाहनालाई केन्द्रमा राखेर पार्टी कार्यकर्ताले पार्टी गतिविधी संचालन गर्न आग्रह गर्नु भयो । जिल्ला इन्चार्ज खिमलाल भट्टराईले पार्टी कार्यकर्तालाई समय सापेक्ष आफुलाई बदल्दै आफ्ना क्रियाकलाप केन्द्रित गर्न जोड दिनु भयो ।
युवा नेता खिमलाल भट्टराईले पार्टीलाई चुस्त संचालनका लागि पार्टी अनुशासन जो कोहीले पनि पालना गर्नु पर्नेमा समेत जोड दिनु भयो । नेता भट्टराईले मदन आश्रित स्मृती भवन तौलिहवामा विहिबार नेकपा (एमाले ) कपिलवस्तुको जिल्ला सचिवालय वैठकलाई विहिवार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य वृजेश कुमार गुप्ताले पार्टी कामलाई जिल्लाको दक्षिणी क्षेत्रमा थप मजवुज बताउदै जन अपेक्षा पुरा गर्नेतर्फ आफुहरु गंभिर ढंगले लाग्ने धारणा राख्नु भयो । वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कपिलवस्तु सहइन्चार्ज शुसिल कुमार श्रीवास्तवले जनप्रतिनिधीले जनताको वास्तविक समस्या प्रति केन्द्रित गरेर कार्य सम्पादन गर्न आग्रह गर्नु भयो ।
एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा प्रस्तुत वैठकका प्रस्तावहरु सर्वसम्मतले पारित गरेको थियो । वैठकले राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको जिल्ला इन्चार्जमा विश्व कार्की, यूवा संघ नेपाल, कपिलवस्तु इन्चार्ज सर्वेन्द्रदेव खनाल, रिटर्नी फाउण्डेशन नेपालको जिल्ला इन्चार्जमा गोपाल ज्ञवाली, जिल्ला वित्त विभागको उपप्रमुखमा भेषराज पाण्डे, प्रगतीशिल पेशागत ईञ्जिनियर्स एशोसियनको इन्चार्जमा मोहन न्यौपानेलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ ।
सचिवालय वैठकले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी १ को २ संयोजकमा वजरंगी चौधरी, १ को १ सहसंयोजकमा सोमनाथ अर्याललाई जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
त्यस्तै वैठकले बुद्धभूमि नगर कमिटीको अध्यक्षमा धुव्र न्यौपाने, कृष्णनगर नगर संगठन कमिटीको अध्यक्षमा गोपाल प्यारो चण्देल, शुद्धोधन गाउपालिका कमिटीको सचिवमा वृजेश कुमार सिंह, कपिलवस्तु नगर कमिटीको सचिवमा रुकैया खातुनलाई जिम्मेवारी प्रदान गरेको नेकपा एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरीले बताउनु भयो ।
वैठकमा एमाले नेताहरु रामलाल काफ्ले, भानु प्रकाश श्रेष्ठ, साधुराम खनाल,इन्द्रमणि पौडेल, झविलाल पोख्रेल, कृष्ण पौडेल, बाबुराम आचार्य, मित्रलाल शर्मा, शान्तिदेवी चमार, सफर अलिमिया, प्रभा पौडेल, द्रोणराज सुवेदी, धर्मबहादुर लाल श्रीवास्तव, हिरालाल पौडेल, रामविलास यादव, अर्जुन पोख्रेल, डम्मर शर्मा चापागाई, शारदा शर्मा, धर्मराज भटराई, मेराज खाँ, ठाकूर प्रसाद पोख्रेल, पोमनारायण पौडेल, मधुशरण सिंह चौधरी, जगदिश प्रसाद गुप्ता लगायतका नेताहरुले आ आफ्नो धारणा राख्नु भएको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो । वैठकमा बोल्ने अधिकाशं वक्त्ताहरुले पार्टीलाई कम्युनिष्ट आचरणमा डो¥याउन आग्रह गर्दै जनताका आधारभुत समस्या प्रति गंभिर भएर पार्टी काम संचालन गर्नुपर्नेमा जोड दिएको थियो । वैठकमा समुदाय स्तरका वास्तविक समस्या समाधानका निम्ति ठोस कार्यक्रम संचालनमा जोड दिएको छ ।
वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न समिक्षा वैठकमा एमालेका केन्द्रिय नेता, प्रदेश स्तरीय नेता, एवम् जिल्ला नेताहरुको उपस्थिती रहेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८० बिहिबार ००:००  ९ : ०९ बजे