२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

वाणगंगा र शिवराजका विद्यालय कर्मचारी आन्दोलनमाः माग पूरा नभए असार ३ देखि विद्यालय ठप्प पार्ने



कपिलवस्तु ।

देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले पूर्ण सेवा सुविधाको माग सहित पेसागत स्थायित्वको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएको विरोधमा विद्यालय कर्मचारी परिषद आन्दोलित भएको छ ।

सरकार र स्थानीय सरकारले आफूहरुको माग सम्बोधन नगरेकोले २६ गतेदेखि विद्यालयलाई ताला चाबी बुझाई शिवराज नगरपालिका अगाडि धर्ना दिएको शिवराज नगरका अध्यक्ष विरबहादुर महतराले बताए । उनले सरकारले बेवास्ता गरेकोले ताला चाबी बुझाई स्थानीय सरकारको अगाडि तिन दिन देखि धर्नामा बस्‍नु परेको बताए । शिवराज नगरपालिका भित्र सामुदायिक विद्यालयमा सत्तरी जना विद्यालय कर्चारीहरु कार्यरत रहेका छन् । त्यसै गरी वाणगंगा नगरपालिका भित्र रहेका विद्यालय कर्मचारीहरुले पनि आज नगरमा धर्ना दिएका छन् । सरकारले आफूहरुलाई सधै हेलाको द‍ृष्टीले हेरिरहेकोले अबको आन्दोलन निर्णायक हुने वाणगंगा नगर अध्यक्ष सम्झना गिरीले बताइन् । उनले भनिन्, “अब पनि सरकारले हाम्रा मागहरु पूरा नगरेमा यहिँ असार ३ गतेदेखि देशव्यापी रुपमा केन्द्रको कार्यक्रम अनुसार विद्यालय बन्द गर्छौं ।” त्यसका लागि सबैले सहयोग गर्न पनि उनले अपिल गरिन् ।

आफ्ना मागहरु पूरा गर्न सरकारलाई दबाद दिने उद्देश्यले वाणगंगा नगरपालिकामा धर्नामा रहेका विद्यालय कर्मचारीहरु

नेपाल विद्यालय कर्मचारी परिषदले काठमाडौमा विरोध प्रदर्शन गर्दै संघीय शिक्षा ऐन तत्काल जारी गर्न निशुल्क शिक्षा लागु गर्न माग राख्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८० बिहिबार ००:००  ९ : ४२ बजे