२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु



बुटवल ।
पाल्पाको तिनाउमा एक वर्षको अवधिमा डुबेर ९ जनाको मृत्यु भएको छ । गर्मी याममा घुम्न आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरू डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।

तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भूत खोला, विद्युत् ड्याम साइड तथा वडा नम्बर २ को खुर्सानी लगायतका स्थानमा डुबेर मृत्यु हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउँपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी ९ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको उनले बताए । यहाँ धेरै जसो गर्मी छल्न आउने पर्यटकहरू यहाँका खोला तथा पोखरीहरूमा आवश्यक सुरक्षा मापदण्ड वितरित फोटो खिच्ने, पौडी खेल्ने लगायतका गतिविधि गर्ने क्रममा दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८० मंगलबार ००:००  ७ : ०९ बजे