४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपाल राम र भारत सीता बिना अधुरो छः मन्त्री किराती



काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम बिना र भारत सीता बिना अधुरो रहेको टिप्पणी गरेका छन् ।

मंगलबार लुम्बिनीमा आयेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताएका हुन् ।

उनले भने, ‘यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित र सम्मान छौँ । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’

त्यस्तै उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ । यसलाई अझ प्रगाढ बनाउ सरकार लागिपरेको छ ।’

प्रकाशित मिति : ५ असार २०८० मंगलबार ००:००  ११ : ०६ बजे