१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मधेशमा कम बजेट दिएको भन्ने कुरा असत्यः प्रधानमन्त्री



काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।

प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरसियाको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले मधेशमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको बताए ।

प्रकाशित मिति : ८ असार २०८० शुक्रबार ००:००  १ : १९ बजे