२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

नेपाल बैंक लिमिटेड वाणगंगाद्वारा बाल मा.वि.बैरियालाई कम्प्युटर सहयोग



एस.पि.चुदाली, कपिलवस्तु ।

नेपाल बैंक लिमिटेड वाणगंगा शाखाले वाणगंगा नगरपालिका वडा नं. १ बैरिया अवस्थित बाल माध्यमिक विद्यालयलाई आज एक कार्यक्रमका बिच कम्प्युटर प्रदान गरेको छ । नेपाल बैंक लिमिटेडले संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रत्येक वर्ष आफ्नो सेवा क्षेत्रका विभिन्न संघसंस्था र विद्यालयलाई विभिन्न किसिमका सामग्रीहरु वितरण गर्दै आएकोमा यस वर्ष बाल मा.वि.बैरियालाई १ थान ब्रान्डेड डेल कम्प्युटर वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रदेश स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले आफ्नै पहलमा वाणगंगा क्षेत्रमा नेपालकै पहिलो बैंक नेपाल बैंक ल्याउन सफल भएको र उक्त बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रत्येक वर्ष यस्तै सहयोगका कार्यक्रम गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालयलाई अझ थप सहयोग गरी विद्यार्थीहरुको पढाइमा थप उत्साह थप्ने कुरामा आशावादी भएको विचार व्यक्त गर्नुभयो ।


त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शुशिल कुमार नेपालले अहिले विद्यालयलाई धेरै सहयोग गर्ने मन भएपनि विविध कारणले भनेजति सहयोग गर्न नसकिएको र आगामी दिनमा विद्यालयको शैक्षिक उन्नयनमा बैंकले सधै हातेमालो गरेर अंगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रदेश उपप्रमुख सुमन ज्ञवाली, सिद्धार्थनगर शाखाका प्रबन्धक विश्वराज अधिकारी, बुटवल चौराहा शाखाका प्रबन्धक कृष्ण बहादुर के.सी., वाणगंगा शाखाकी प्रमुख चाँदनी तिवारी, विद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो भने उपस्थित सम्पूर्ण अतिथिहरुलाई विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेलले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ असार २०८० शुक्रबार ००:००  ८ : २१ बजे