१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुब्लोपनबाट छुट्कारा पाउन ‘ड्राई फ्रुट्स’



एजेन्सी ।
ड्राई फ्रुट्स को सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । साथै यसको सेवनले दुब्लोपनबाट छुट्कारा पाउन पनि सकिन्छ । यसको नियमित सेवनले शरीरलाई स्वस्थ तथा मोटो बनाउन पनि सकिन्छ ।

तौल बढाउनका लागि तपाईं किसमिसको सेवन गर्न सक्नुहुन्छ । यसका लागि तपाईं भिजाएको किसमिस खानुका साथै यसलाई महमा डुबाएर पनि खान सकिन्छ । तौल बढाउनका लागि तपाईं खजुरको पनि सेवन गर्न सक्नुहुन्छ । यसले क्यालोरी राम्रो मात्रामा पाइन्छ जसले तौल बढाउन सहयोग गर्छ । यसका लागि दुधमा खजुर मिसाएर खान सकिन्छ ।

त्यस्तै तौल घटाउनुका साथै बढाउनका लागि पनि काजु लाभदायक हुन्छ । काजुमा राम्रो मात्रामा क्यालोरी पाइन्छ, जसले तौल बढाउने गर्छ । यसको लागि तपाईंले नियमित रुपमा काजुको सेवन गर्नुपर्ने हुन्छ ।

साथमा ओखर पनि खान सकिन्छ । ओखरको सेवनले पनि दुब्लोपनाबाट छुट्कारा पाउन सकिन्छ । अन्य फलसँगै ओखरको पनि नियमित सेवनले स्मरणशक्ति पनि बलियो हुन्छ ।

तौल बढाउनका लागि मुंगफलीको नियमित सेवन पनि एकदमै फाइदाजनक हुन्छ । दैनिक एक मुट्ठी जति मुंगफलीको सेवनले शरीरमा दैनिक अत्यधिक क्यालोरी थप्न सकिन्छ ।

प्रकाशित मिति : ९ असार २०८० शनिबार ००:००  ४ : ५३ बजे