१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

खहरे खोलाले बगाउँदा गुल्मीमा बाबुछोरीको मृत्यु



गुल्मी ।
गुल्मीमा खहरे खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–२ दर्लिङमा सोमवार खहरे खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी जगतबहादुर पौडेलले जानकारी दिए ।

यस्तै गएराति मालिका-८ फल्लेनीमा चट्याङ लागेर ३९ वर्षीय विष्णु विकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ असार २०८० सोमबार ००:००  ७ : ५९ बजे