१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा जेसिआइ बिजिनेस एकेडेमी सुरु हुँदै



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुमा ‘जेसिआई बिजिनेस एकेडेमी २०२३’ कार्यक्रम सुरु हुँदै छ । उक्त कार्यक्रम भदौ २० देखि २३ गतेसम्म जिल्लाको शिवराज नगरपालिका- २ मा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा चल्ने छ । सो कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । नेपाल जेसिजको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको सहजीकरण कपिलवस्तु जेसिजले गर्ने छ ।

४ दिनसम्म चल्ने उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा भारतबाट सिनेटर सेली चौधरी र सहायक प्रशिक्षकको रुपमा भारतका जेसी चिराक देसाइ र सेनेटर मिलन गुरुङ आउने कपिलवस्तु जेसिज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी दिए । उनका अनुसार तीन जना प्रशिक्षकहरु नै अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरु हुन् ।

अध्यक्ष घिमिरेले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै ४५ जना प्रशिक्षार्थीहरुको उक्त कार्यक्रममा सहभागिता रहने बताए ।

कार्यक्रममा प्रशिक्षकको रुपमा रहने जेसिआई सेनेटर मिलन गुरुङले सहभागीहरुले कार्यक्रम पश्चात एक स्तरको छुट्टै पहिचान लिएर जाने दाबी गरे । जेसिजले हरेक काम फरक ढङ्गबाट गर्ने बताउँदै उनले भने, ‘कार्यक्रममा सहभागीहरुको बिजिनेस, उक्त क्षेत्रमा सामना गर्नुपरेको समस्या र अनुभव लगायतको बारेमा विश्लेषण गर्छौं ।’

प्रकाशित मिति : १९ भाद्र २०८० मंगलबार ००:००  २ : ४४ बजे