१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘मेस्सी र मेरो प्रतिस्पर्धा सकिएको छ’



काठमाडौंं ।
क्रिस्टियानो रोनाल्डोले आफु र लियोनल मेस्सीको प्रतिस्पर्धा सकिएको बताएका छन् । उनले आफू र मेस्सीले फुटबलको इतिहास बदलेको उल्लेख गर्दै आफुहरुबीचको प्रतिद्धन्द्धीता अब हराएको बताएका छन् ।

सर्वकालीन महानका रुपमा मानिने दुवैले स्पेनको ला लिगामा रियल मड्रिड र बार्सिलोनाबाट एक अर्कोको सामना गर्ने गरेका थिए ।

‘हामीलाई पुरा विश्वले सम्मान गर्छ । योनै सबैभन्दा महत्वपुर्ण कुरा हो ।’ रोनाल्डोले भनेका छन् ।

पाँच पटकका वालोन डी ओर विजेता खेलाडी रोनाल्डो सन् २०२३ को अवार्डका लागि ३० जनाको प्रारम्भिक सूचीमै परेनन् । तर मेस्सी आठौं पटक अवार्ड जित्ने बलिया दाबेदार हुन् ।

‘उनले आफ्नो बाटो बनाए । मैले मेरो बनाए । मैले देखे अनुसार, उनले राम्रो काम गरेका छन् । यो जारी रहने बारेमा हो । विरासत जारी छ ।’ ३८ वर्षका फरवार्डले भने ।

रोनाल्डो साउदी क्लब अल नासिरबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् ।

घृणा उनीहरुको प्रतिद्धन्द्धीको विशेषता हो कि भनेर सोध्दा उनले भने, ‘रोनाल्डोलाई मन पराउनेले मेस्सीलाई घृणा गर्नुपर्दैन । म त्यस्तो प्रतिस्पर्धी देख्दिन ।’

‘प्रतिद्धन्द्धी हटेको छ । यो राम्रो थियो, दर्शकले यसलाई मन पराए । हामीले १५ वर्षको लागि स्टेज साझा गर्यौ र समाप्त भयो । म साथी होईन । तर हामी ब्यवसायीक सहकर्मी हौं । र हामी एक अर्कालाई सम्मान गर्छौ ।’ उनले भने ।

एक अर्कोबीचको प्रतिस्पर्धाले दुवै खेलाडीले खेल जीवनमा धेरै प्रतिष्ठित अवार्ड जितेका छन् ।

रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । उनले रियलका लागि ४ सय ३८ खेलमा ४ सय ५१ गोल गरेका छन् । उनले चार च्याम्पियन्स लिग सहित दुई ला लिगा, दुई कोपा डेल रे गरि १६ उपाधि जितेका छन् । रोनाल्डोले ९ वर्ष रियल मड्रिडमा बिताएका छन् ।

मेस्सी अहिले यूएसको इन्टर मियामीबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् । मेस्सी समेत बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । उनले बार्सिलोनाबाट ७ सय ८१ खेलमा ६ सय ७४ गोल गरेका छन् । ३६ वर्षका फरवार्डले बार्सिलोनाबाट ३५ उपाधि जितेका छन् । जसमा १० ला लिगा, चार च्याम्पियन्स लिग र ७ कोपा डेल रे समावेश छन् ।

अन्तराष्ट्रिय एरिनामा मेस्सीले सन् २०२२ मा विश्वकप र कोपा अमेरिका जितेका छन् । रोनाल्डोले पोर्चुगलका लागि युरो कपको उपाधि उचालेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८० शुक्रबार ००:००  ८ : ०८ बजे