१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घोराही–तुलसीपुर चार लेनमा यसरी हुँदैछ काम



दाङ ।
घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ। पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ। सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ। असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए।

“असोजमा काम सक्ने गरी सम्झौता भएको हो”, उनले भने, “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ।” यसअघि चार लेनका क्रममा भत्किएको सडकलाई दुई लेनमै मर्मत गर्ने गरी काम अघि बढाइएको हो।

हात्तीखौवाबाट गुर्जेखोलासम्मको १३ किलोमिटर सडक मर्मत कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले लिएको छ। एक करोड १६ लाखमा उक्त कम्पनीले ठेक्का लिएको हो।

गुर्जेखोलाबाट बबईखोलासम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले रु एक करोड ४२ लाखमा लिएको छ। सोही कम्पनीले पनि काम सुरु गरेको छ।

दुई लेन सडक मर्मतका लागि रु दुई करोड ५८ लाख छुट्याइएको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए। यसअघि चार लेन मर्मतका लागि भन्दै यसअघि रहेको पक्की सडक भत्काइएको थियो।

जसले गर्दा बीच–बीचमा खाल्डाखुल्डी छन्। ती खाल्डाखुल्डीले गर्दा आवतजावतमा निकै समस्या पर्ने गरेको छ। पटक–पटक म्याद थप गर्दा पनि चार लेन निर्माणको कामले गति लिन नसकेका कारण दाङका जनताले विरोध जनाएका थिए।

सोही विरोधपछि चार लेन ठेक्का तोडिएको थियो। ठेक्का तोडिएपछि सडकबीचका खाल्डाखुल्डी मर्मतको काम अघि बढेको

प्रकाशित मिति : १४ आश्विन २०८० आइतबार ००:००  ९ : ०० बजे