१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देव खनालको कप्तानीमा एसीसी यू–१९ प्रिमियर कप खेल्ने टोलीको घोषणा



काठमाडौँ ।
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज बुधवार देव खनालको कप्तानीमा टोली घोषणा गरेको हो ।

अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियोगिताको शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार र चीन छन् । समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् । समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

यस्तो छ नेपालको टोली–

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।

वैकल्पिक खेलाडी–

प्रज्ज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।

प्रकाशित मिति : १७ आश्विन २०८० बुधबार ००:००  ७ : ३० बजे