१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवा समाजसेवी पन्तद्धारा पञ्च आधारभूत विद्यालयलाई सहयोग



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु बाणगंगा-२ बैजलपुर स्थित श्री पञ्च आधारभूत विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न भन्दै सहयोग प्रदान गरिएको छ । विगत १२ वर्षदेखि अमेरिका बन्दै आएका बाणगंगा- ३ कर्महना निवासी सरोज पन्तको पहलमा अमेरिकामा बस्दै आएका नेपालीहरुको समाजले विद्यालयलाई सहयोग गरेका हुन् ।

विद्यालयको कार्यालय तथा कक्षा व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुरयाउन अत्यावश्क सामग्री प्रिन्टर १ थान, सिलिङ प्यान ८ थान, कुर्चि २५ थान, भित्ते पंखा १ थान र स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त सामग्री ७५ हजार बराबरको रहेको विद्यालयले जनाएको छ । विजया दशमी, शुभ दिपावली एवम् छठपर्वको अवसर पारेर मंगलवार शिक्षक, विद्यार्थी र अभिभावकबीच शुभकामना साटासाट र खुशी मनाउदै अमेरिकाबाट प्राप्त सहयोग सामग्री हस्तारण गरिएको विद्यालयका प्रद्यानाध्यापक धनु गाहा मगरले जानकारी दिनुभयो ।

उहाँले विद्यालयको शैक्षिक गुणस्तर संगै समग्र विकासका लागि आफू अहोरात्र खट्ने बताउदै स्थानीय तह, समुदाय, संघसंस्थाहरुले विद्यालयको व्यवस्थापन पक्षमा सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

ग्लोबल होम हेल्थ केयर, नेब्र्रेस्का नेप्लिज सोसाइटी संगको सहकार्यमा उक्त सामान विद्यालयलाई हस्तान्तरण गर्न पाउदा खुशी लागेको युवा समाजसेवी सरोज पन्तले बताउनुभयो । विगतमा आफूहरु पनि विद्यार्थी जीवनमा सरकारी स्कुलमा पढ्दा धेरै समस्या भोग्नुपरेको अनुभवलाई सुनाउदै सानो तिनो सहयोग जुटाएर विद्यार्थीको पठनपाठनमा सहयोग गरेको पन्तले बताउनुभयो । विगतका वर्षमा पनि अन्य विद्यालयमा सहयोग गर्दै आएको बताउदै यो वर्ष श्री पञ्च आधारभूत विद्यालय बैजलपुरमा अत्यावश्क शैक्षिक सामग्री सहयोग गरिएको बताउनुभयो ।

वडा नम्वर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले यस विद्यालयले देशैभरी प्रशंसा पाएको विद्यालय रहेकोले शैक्षिक गुणस्तर बृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । ३३ वर्षसम्म निरन्तर शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको बताउदै अध्यक्ष पौडेलले आगामी दिनमा वडासगैँ नगर प्रदेशसम्म विद्यालयलाई चाहिने सहयोगमा आफू लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


शिक्षक तथा अभिभावक संघका अध्यक्ष चुरामणी बेल्बासेले विद्यालयलाई उचो बनाउन सबैको साथ सहयोग आवश्यक रहेकोे बताउनुभयो । पूर्व प्रध्यानध्यापक जगतराज रेग्मी विद्यालय सुधारको लागि सरोज पन्त जस्तो समाजसेवी तथा दाताको आवश्यक रहने बताउनुभयो ।

यस्तै बाणगंगा खानेपानी तथा सरसफाई समिति अध्यक्ष विश्व कार्कीले विद्यालयको शैक्षिक विकासका विभिन्न निकायमा पहल भैरहेको बताउनुभयो । साथै उहाँले वडा संग आगमी दिनमा विद्यालयको अबस्था बुझेर समस्या समाधान गर्नमा आशावादी रहको बताउनुभयो ।

सुपा देउराली मन्दिरका कोषाध्यक्ष नहकुल शाहीले भविष्य निर्माण गर्ने थलो विद्यालय भएको बताउनु भयो । शिक्षिका सुजता रेग्मीको स्वागत गर्नुभएको कार्यक्रममा व्यवस्थापन समीतिका अध्यक्ष हिरालाल अधिकारीको अध्यक्षता रहेको थियो।

प्रकाशित मिति : १ कार्तिक २०८० बुधबार ००:००  ८ : ०० बजे