१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मूर्ति बनाउन भ्याई नभ्याई



कपिलवस्तु ।
कपिलवस्तुमै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्ष देखि मूर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिँदै गरेको दसैँकालागि मूर्ति बनाउन भ्याई नभ्याई छ।

मूर्ति व्यवसायलाई आफ्नो जीवनको आधार बनाएका उनले बाबा मूर्ति कला केन्द्र नाम फर्म दर्ता समेत गराएका छन्। दसैँको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मूर्तिहरूका बनाउन अर्डर आएकोले दिनरात मूर्ति बनाउन लागि परेको उनी बताउँछन्।

विजयादशमीमा जिल्लाका विभिन्न स्थानमा निकालिने देवी देवताको माटोका मूर्तिहरू बनाउन भ्याइन नभ्याई छ। ३ महिना अघि देखि मूर्ति बनाउन सुरु गरेका उनी अहिले विभिन्न आकारका मूर्ति बनाउन तल्लीन छन्। मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले उनी अहिले सजावट तथा रंगरोगन कार्यमा लागेका छन्।

‘डेलिभरी समयमै दिन छ अहिले मूर्ति बनाउन भ्याई नभ्याई छ’ उनले भने। उनी अहिले दुर्गा भगवती दानव तथा विभिन्न देवी देउताका बनाएको माटोको मूर्तिमा रङ्ग लगाउनमा लागी परेका छन्।

दसैँको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मूर्तिहरूका बनाउन अर्डर आएकोले दिनरात मूर्ति बनाउन लागि परेको उनी बत्ताउँछन्। उनले अहिलेको दशैलाई लक्षित गरी ३२ सेट मूर्ति बनाएका छन्। १४ सेटको अग्रिम बुकिङ भएको उनले बताए।

‘समयमा डेलिभरी दिन परेकोले अहिले एक छिन फुर्सद छैन’ उनले भने। उनले २५ हजार देखि ३२ हजार बढी सम्मका मूर्तिहरूको अर्डर भएको बताए। यसपालिको सिजनमा मात्र साढे ३ लाख बढी आम्दानी भएको उनले सुनाए।

३ महिना देखि छोरा यज्ञमणि र श्रीमती सहित ५ जना नै मूर्ति बनाउने कार्यमा व्यस्त रहेको तिवारी बताउँछन्। एउटा मूर्ति बनाउन ८ देखि १२ सम्म हजार खर्च रहेको उनले बताए। त्यस हिसाबले पनि अहिलेका सिजनमा मात्र ढाई लाख सुद्ध आम्दानी हुने उनले बताए। मूर्ति बनाउन उनले २ जना ‘हेल्पर’ समेत राखेका छन्।

उनले माटो भन्दा फाईभरको मूर्तिमा आफूलाई बढी फाइदा हुने गरेको बताए। ‘आम्दानी र धर्म पनि कमाइने हुँदा अलि बढी मेहनत गरेका छु।’ उनी भन्छन्।

पेन्टिङ र मूर्तिको सजावट पछि तयार हुने उनले बताए। दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिके लगायतका अर्डर अनुसारका मूर्ति निर्माण गर्ने गरेको बताउँदै मूर्तिको लागि चाहिने औजार र सजावटका सामग्रीहरू भारतबाट ल्याउने गरेका छन्।

तिवारी जस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर-१ नयाँ टोल स्थित अनिल गुप्ताले ६ महिना अघि देखि मूर्ति बनाउने कार्यमा लागेको बताउँछन्। ३२ सेट मूर्ति निर्माण गरी डेलिभरीकालागि तयार रहेको उनले बताए।

एक सेटको २० देखि ६१ हजार सम्मका मूर्ति बनाएको उनले सुनाए। १५ वर्ष देखि मूर्ति बनाउने कार्यमा लागेको र यस पाली ८ लाख जमित आम्दानी गर्ने उनी बताउँछन्। २ जना कामदार राखेर उनी अहिले पेन्टिङ र सजावटमा लागेको बताउँछन्।

माटो, बास, सुतली, पराल, काटी, भुस, कपडा, पेन्ट र सजावटको सामाग्रीले मूर्ति बनाउने गरेका छन्। सजावटको सामाग्री भने भारतबाट ल्याउने गरेका छन्। उनले दुर्गा भगवती, लक्ष्मी, गणेश, सरस्वती, हनुमान, काली, विश्वकर्मा, गणपति, भैँसी बाघ, सर्प लगायतको मूर्ति बनाउने गरेका छन्।

कपिलवस्तु नगरपालिको सेमराहवा, औरहिया लगायतका स्थानमा पनि मूर्तिकारले मूर्ति बनाएका छन्। जिल्लामा कतै असोज २८ गते घटस्थापना र कतै सप्तमी देखि मूर्ति प्रदर्शन गर्ने चलन छ। मूर्तिलाई द्वादशी तिथिका दिन स्थानीय नदी, नाला र खोलामामा सेलाउने गरिन्छ।

प्रकाशित मिति : १ कार्तिक २०८० बुधबार ००:००  १० : २५ बजे