१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नार्क कार्यकारी निर्देशक भट्टराई अन्तर्राष्ट्रिय धान सम्मेलनमा सहभागी



काठमाडौं ।
फिलिपिन्सको मनिलामा अन्तर्राष्ट्रिय धान सम्मेलन सूरु भएको छ ।

सो सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई सहभागी भएका छन् ।

१६ देखि १९ अक्टोबरसम्म चल्ने सो अन्तर्राष्ट्रिय धान सम्मेलनमा नेपाल, भारत, चीनसहितका बिभिन्न देशका १७ सय भन्दा बढी अनुसन्धानकर्ताहरु र ९७ जना मुख्य वक्ताहरु सहभागी भएका छन् ।

सो सम्मेलनमा धान उत्पादनको अनुसन्धानमा लामो समय काम गरेका बैज्ञानिक एवं धान बिज्ञ, नीति निर्माताका साथै नीजि क्षेत्रको समेत सहभागि रहेको छ । सम्मेलनमा विश्वमा धानको उत्पादनमा वृद्धि, वर्तमान विश्वमा धान खेतीमा आइपरेका समस्या र तिनका समाधानका अनुसन्धानकर्ताहरुले कार्यपत्र पेश गरिहेका छन् ।

उक्त सम्मेलनमा नार्कका कार्यकारी निर्देशक डा। भट्टराईले नेपाललाई कसरी धानमा आत्मनिर्भर बनाउन सकिन्छ, यसको लागि समस्या के छन् र अन्तर्राष्ट्रिय समुहको सहयोग किन आवश्यक छ भन्ने’ कार्यपत्र प्रस्तुत गरेका छन् ।

यसका साथै सम्मेलनमा विभिन्न चरणको छलफलमा सहभागी हुदै नेपाललाई धानमा आत्मनिर्भर बनाउन धान सम्बन्धि अन्तर्राष्ट्रिय संस्थाहरुसंग हुने सहकार्यको समेत विशेष छलफल जारी रहेको छ । सम्मेलनमा धानका विविध विषयका ४२ वटा प्लेनरी सेसनमा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गरी विस्तृत छलफल पश्चात् विश्वको धान उत्पादनमा आवश्यक अनुसन्धानका प्राथमिकताहरु तोक्ने काम हुनेछ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार विश्वको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानले एसिया र अफ्रिकी मुलुकहरुमा रहेको खाद्यसंकट टार्न यो सम्मेलन सार्थक हुने आशा गर्न सकिन्छ । उनले नेपालमा पनि मुख्य बालीको रुपमा रहेको धानमा विश्वका विभिन्न अनुसन्धानकर्ताहरुले विकास गरेका प्रविधिलाई अवलम्बन गरी फाइदा लिन सकिने बताए ।

नेपालमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र अन्य अनुसन्धान केन्द्रहरुबाट उत्पादनशील प्रविधिहरु विकास गरिएको तर तिनलाई किसानसम्म पुर्याउने बलियो संयञ्त्र नहुँदा अनुसन्धानका कतिपय उपलब्धिहरु उपयोगमा आउन नसकेको पनि उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८० बिहिबार ००:००  ८ : ३३ बजे