१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वकप क्रिकेटमा श्रीलङ्काको पहिलो जित, नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो



एजेन्सी ।
आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलङ्काले पहिलो जित हात पारेको छ ।

आज शनिवार लखनउमा भएको खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो । नेदरल्यान्ड्सले दिएको २ सय ६३ रनको लक्ष्य श्रीलङ्काले ४८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । श्रीलङ्काका सदीरा समाराविक्रमाले नटआउट ९१ रन बनाए । यस्तै पथुम निसान्काले ५४ र चरिथ असलन्काले ४४ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दतले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ओभर ४ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयो । नेदरल्यान्ड्सका सायब्रान्ड इन्गेलब्रेचले ७० र बीकले ५९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशन्का र कसुन रजिथाले ४र४ विकेट लिए ।

यो जितसँगै श्रीलङ्का ४ खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ । नेदरल्यान्ड्स उति नै खेलमा २ अङ्कसहित नेट रनरेटको आधारमा आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८० शनिबार ००:००  ७ : ४७ बजे