१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २ सय २९ रनले हरायो



काठमाडौं ।
आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई दुई सय २९ रनले पराजित गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको तीन सय ९९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्ड २२ ओभरमा एक सय ७० रन बनाएर अलआउट भयो । त्यसअघि मुम्बईमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो ।

६७ बलमा एक सय नौ रनको शतकीय पारी खेल्ने दक्षिण अफ्रिकाका हेनरिक क्लासेन प्लेयर अफ द म्याच घोषित भए ।

दक्षिण अफ्रिकाको अर्को खेल आउँदो मङ्गलवार बङ्लादेशसँग मुम्बईमा हुनेछ भने इङ्ल्यान्डको अर्को खेल बिहीवार श्रीलङ्कासँग बेङ्लोरमा हुनेछ ।

यसैबीच आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा श्रीलङ्काले पहिलो जित दर्ता गरेको छ । हिजो भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।

विश्व कप २०२३ मा श्रीलङ्काको अर्को खेल आउँदो बिहीवार इङ्ल्यान्डसँग बेङ्गलुरुमा हुनेछ । त्यस्तै, नेदरल्यान्ड्सको अर्को खेल आउँदो बुधवार दिल्लीमा अस्ट्रेलियासँग हुनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०८० आइतबार ००:००  ६ : ४४ बजे