११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

विश्व कप क्रिकेटः दक्षिण अफ्रिकासँग पाकिस्तान एक विकेटले पराजित



एजेन्सी ।
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ ।

जितका लागि पछ्याएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका एडेन मारक्रमले ९१ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ५० र साउद साकिलले ५२ रन बनाए । दक्षिण अफ्रिकी बलर ताब्रिज साम्सीले ४ विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिाकाको ६ खेलबाट १० अङ्क भएको छ । भारतको पनि समान १० अङ्क छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ । पराजयसँगै पाकिस्तान भने चार अङ्कमै सीमित रह्यो ।

प्रकाशित मिति : ११ कार्तिक २०८० शनिबार ००:००  ७ : २३ बजे