१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बङ्लादेश विश्व कपबाट बाहिरियो



काठमाडौं ।
आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ ।

नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो ।

जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको बङ्लादेश नवौँ स्थानमा पुगेको छ । जम्मा २ अङ्क रहेको बङ्लादेश अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनलमा पुग्ने छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०८० आइतबार ००:००  ६ : ४७ बजे