१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टी–२० विश्वकपमा छनोट हुनु एकमात्र लक्ष्य : कप्तान पौडेल



काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

आइतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले यस्तो बताएका हुन् । उनले पछिल्लो ६ महिनायता ब्याटिङ राम्रो भएको बताए । पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको उनको भनाइ छ ।

पौडेलले घरेलु मैदानमा हुने छनोट खेललाई आफूहरूले ठूलो अवसरको रूपमा लिएको बताए । कुनै पनि टोलीलाई सहजरूपमा नलिएको पनि उनले बताए । सबै खेलाडीले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने कप्तान पौडेलको भनाइ छ ।

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टोलीले विपक्षीलाई कमजोर आँक्न नहुने बताए । नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए । एक पटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने उनको भनाइ छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट भोलि सोमवारदेखि आउँदो आइतवार १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ुएु मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ुबीु मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले भोलि सिङ्गापुरसँग कीर्तिपुरमा खेल्दैछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८० आइतबार ००:००  ४ : ०० बजे