११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

पुष्पखेती बढाउन मन्त्री भुसालको आह्वान



ललितपुर ।
कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले फूलको आयात कम गर्न किसानलाई पुष्पखेती बढाउन आग्रह गरेका छन् ।

मन्त्री भुसालले मंगलबार जावलाखेल खेलमैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै आयातलाई निरुत्साहित गर्न सरकार क्रियाशील रहेको बताए।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ सुरु भएको मेला यही कात्तिक १८ गते शनिबारसम्म चल्नेछ । पुष्प व्यवसायमा देखिएको बीउबिजनको समस्या पनि सुल्झाउने भुसालको प्रतिबद्धता थियो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले पुष्पखेतीमा लगानीको वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले बजारमा प्लास्टिकका फूलको आयातमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे । हरेक वर्ष १० देखि १५ प्रतिशतसम्म फूलको माग बढीरहेको छ ।

देशका ४८ जिल्लामा दुई सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको एसोसिएनले जनाएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजारले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८० बुधबार ००:००  ८ : ११ बजे